६८ वर्षपछि टाटाको भयो एयर इन्डिया : रतन टाटाले भने, ‘वेलकम ब्याक’

-


     नेपालय न्युज    
     असाेज २२ गते २०७८


भारतको सरकारी एयरलाइन एयर इन्डिया अब टाटा समूहको भएको छ । भारत सरकारको फाइनेन्स मिनिस्ट्रीको डिपार्टमेन्ट अफ इनभेस्टमेन्ट एण्ड पब्लिक एसेट म्यानेजमेन्टका सचिव तुहीन कान्ताले यसबारे घोषणा गर्दै टाटा समूहले यसका लागि १८,००० करोड भारुको बोली लगाएको जानकारी दिएका छन् ।

कान्ताका अनुसार १० डिसेम्बरसम्म एयर इन्डिया टाटा समूहलाई सुम्पिइनेछ । नागरिक उड्डयन सचिव राजिव बंसलले बिजेता बिडरले सबै कर्मचारीलाई पहिलो एक वर्षसम्म जागिरमा यथावत् राख्नुपर्ने बताएका छन् । उनका अनुसार त्यसपछि टाटा समूहसँग स्वेच्छिक सेवानिवृत्ति दिने विकल्प हुनेछ ।

कान्ताले एयर इन्डियाको बोलीको प्रक्रिया पूर्ण रुपमा पारदर्शी र प्रतिद्वन्द्वी रहेको बताए । कान्ताका अनुसार दोस्रो चरणको लिलामीमा सात बोली लगाइएको थियो जसमध्ये पाँच खारेज भएको थियो । यो प्रक्रिया सन् २०१७ देखि सुरु भएकमो थियो । १५ सेप्टेम्बरमा दुई योग्य बिडरले आफ्नो बोली लगाएका थिए ।

कान्ताका अनुसार एयर इन्डियाले यस्तो निर्णय लिनुअघि थुप्रै स्तरमा छलफल र निर्णय गरेको थियो ।

भारतको सरकारी एयरलाइन एयर इन्डियालाई यतिबेला प्रतिदिन बीस करोड भारुको हानी भइरहेको छ । एयर इन्डियामा अगस्ट सन् २०२१ सम्म कूल ६१,५६२ भारु ऋण थियो । बिडरले यतिबेला १५,३०० करोडको ऋणको भारी उठाउनुपर्नेछ । नीजिकरणको प्रक्रिया पूरा भएपछि ४६,२६२ करोडको जुन ऋण बाँकी हुनेछ त्यो सरकारको हुनेछ । यो ऋण एयर इन्डियाको एसेट होल्डिङ कम्पनीको हुनेछ ।

टाटाले गर्यो स्वागतः

एयर इन्डियाको बोली जितेपछि टाटा समूहले एक बयानमा यसलाई खुसीको खबर बताएको छ । रतन टाटाले ट्वीटरमा लेखे, ‘वेलकम ब्याक एयर इन्डिया । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com