शिव परियारको पिउन सुरु गरेपछि

-


     नेपालय न्युज    
     असाेज २० गते २०७८


“पिउँदिनभन्दाभन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरी अर्को गित“पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ”भन्ने बोल सहित इम्प्रेसन्स इन्टरटेनमेन्टले दशैंलाई लक्षित गरी बजारमा ल्याउँदैछ ।
मनोरञ्जन उधोगका सिद्दहस्तनृत्य निर्देशक कविराज गहतराज र छायांकार हरि हुमागाईको संलग्नतामाअत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनियममा सोमबार उक्तगितको छायाङ्कन सम्पन्न भएको छ ।
रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोक प्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स , अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहने छ ।
मिडिया हब प्रा लिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिजगर्ने तयारी भईरहेको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com