महामारी बीच कतार एयरवेजको घाटा ४ अर्ब डलर नाघ्यो


     नेपालय न्युज,     
     असोज १९ गते २०७८



असोज १९, रियाद (साउदी अरब) । कोरोना भाइरसको महामारी बीच लामो दूरीको यात्राको माग ह्वात्तै घटेसँगै कतार एयरवेजको आम्दानीमा उच्च कमी आएको छ ।
कम्पनीले गत वर्ष कम्पनीको आम्दानीमा ४ अर्ब डलरभन्दा धेरैको कमी आएको छ । लामो दूरीको यात्रामा प्रयोग गरिने वाइड बडी विमानहरु ग्राउन्डेड भएपछि आम्दानीमा सो कमी आएको हो ।

समीक्षाअवधिमा कम्पनीको कर र अन्य लागत पूर्वको मुनाफा भने अघिल्लो वर्षको तुलनामा बढेर १ अर्ब ६० करोड डलरमा पुगेको बताइएको छ ।

गत वर्ष कम्पनीको सञ्चालन घाटा २८ करोड ८० लाख डलर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत कम हो । गत वर्ष दुबईस्थित इमिरेट्स र आबुधाबीस्थित इत्तिहादले पनि उच्च कमी बेहोरेका थिए ।रासस/ एपी

WP2Social Auto Publish Powered By : XYZScripts.com