
मनोहरि पौडेल,
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ ।
बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा ३० प्रतिशत सम्म छुटको ब्यवस्था गरीएको बताए । खत्रीका अनुसार नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको उपल्यक्षमा ग्राहकहरूको सुविधाको लागि बुद्व विशाल बजार शनिवार पनि खुला गरिएको बताए ।
“उपहार पहिले पहिले नगद ३० प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइनुको साथै बुद्ध बिशाल बजार भित्र सामान खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको बुद्व बिशाल बजार ब्यापारिक एशोसियसनका उपाध्यक्ष ईन्द्रराज अर्यालले बताए ।

विश्वभरी नै महामारीको रुपमा देखिएको कोरनाभाइरसको प्रकोपबाट सतर्क रहन आफ्ना सदस्यलाई उच्च सर्तकता अपनाउन आग्रह गर्दे कोरोनाभाइरसको प्रकोपप्रति सचेत हुँदै बुद्ध बिशाल बजार व्यापारिक एशोसियसनले विशाल बजारमा प्रवेश गर्ने हरेक ग्राहकलाई अनिवार्य माक्स लगाएर मात्र प्रवेश गर्न दिएको र सम्पूर्ण व्यवसायीहरुले कोरनाभाइरसको प्रकोपबाट सतर्क रहदै सामाजिक दुरीको साथ पसल संचालन गरिएकोले ग्राहकहरूलाई ढुक्क भएर सपिङ गर्न बुद्व बिशाल बजार ब्यापारिक एशोसियसनका महासचिव बुद्धी कुवंरले आग्रह गरेका छन् ।