अमेरिकाका ५० वटै राज्यमा गर्भपतनको माग गर्दै प्रदर्शन, टेक्ससमा जारी नयाँ कानुनको विरोध


     नेपालय न्युज,     
     असोज १७ गते २०७८


अमेरिकामा गर्भपतनको समर्थनमा हजारौंले प्रदर्शन गरेका छन् । टेक्सस राज्यमा गर्भपतनको अधिकारमा केही परिमार्जन गरिएपछि त्यसको विरोध गर्दै प्रदर्शन भएको हो ।

अन्य राज्यहरुमा पनि कानुन परिमार्जन हुनसक्ने भन्दै त्यस विरुद्ध महिला तथा अधिकारकर्मीहरु प्रदर्शनमा उत्रिएका हुन । अमेरिकामा सन् १९७३ मै गर्भपतनलाई कानुनी मान्यता दिइए पनि रिपब्लिकनहरुले बेला बेलामा गर्भपतन सम्बन्धि प्रावधानहरुलाई परिमार्जन गर्ने गरेका छन् ।

रिपब्लिनको सरकार रहेको टेक्ससमा ६ साताको गर्भपतन गर्न प्रतिबन्ध लगाईएको छ । कति समयको गर्भपतन गर्न पाउने भन्ने विषय सधैं विवादको विषय बन्दै आएको छ । अमेरिकी सर्वोच्च अदालतमा विचाराधीन रहेको उक्त विषयको सुनुवाई अघि बढिरहेकाले पनि अधिकारकर्मीहरु सडकमा उत्रिएका हुन ।

देशैभर महिला तथा अधिकारकर्मीहरुले गर्भपतनको पक्षमा प्रदर्शन गरिरहेको बेला केही समूहहरुले भने त्यसको विरोधमा पनि प्रदर्शन गरेका छन् । तपाईहरुको हातमा निर्दोष शिशुको रगत लत्पतिएको छ भन्ने प्लेकार्ड बोकेका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले मूख्य सडकमा निस्कन दिएका छैनन । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com