पुस्तक व्यवसायीले लगाए खोप


     नेपालय न्युज,     
     असोज १५ गते २०७८


पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ कास्कीमा आवद्ध सदस्यले कोभिड विरुद्धको खोप लगाएका छन् ।

महासंघले जिल्ला प्रशासन कार्यालय कास्कीसँग समन्वयन गरी बिहीबार सदस्यहरुलाई खोप लगाएको हो ।

पालिखेचाेकस्थित महासंघको कार्यालयमा ३०० जनालाइ खोप लगाएको थियो । ‘अति आवश्यक सामग्री भित्र पुस्तक व्यवसाय पर्ने भएकाे हुदा हामीले खोपका लागि अनुरोध गरेका थियौं,’ महासंघका अध्यक्ष बैकुण्ठ पौडेल भने, ‘प्रशासनले हाम्रो अनुरोध सुन्यो, सदस्यज्यूहरु सबैले खोप लगाउन पाउनुभयो ।’

WP2Social Auto Publish Powered By : XYZScripts.com