सवारी दुर्घाटनामा हराइरहेका भुजेलको प्रतिकात्मक दाहसंस्कार गरीयो


     नेपालय न्युज,     
     असोज १५ गते २०७८


पाेखरा । सवारी दुर्घाटनामा परी त्रिशुली नदीमा हराइरहेका फेन्सी ब्यवसायी प्रेमबहादुर भुजेल,लेखबहादुर भुजेल र वहाँकी धर्मपत्नी इश्वरी भुजेलकाे आज ८ दिनपछि शुक्रबार कुशको प्रतीकात्मक आकृति बनाएर दाहसंस्कार गरिएको छ ।


असोज ७ गते मध्यरात मुग्लिङ देखी २ किमी नाग्दी खोला पुलकाे नजिकै निजी गाडीबाट काठमाडौदेखि पोखरा आउँदै गरेका उद्यमी व्यवसायी तथा समाजसेवी, फेन्सी तथा रेडिमेड व्यवसायी संघका आजिबन सदस्य,हंसपुर स्थायी ठेगाना भई हाल पोखरा विरौटा १७ अन्नपूर्ण मार्ग निवासी प्रेमबहादुर भुजेल एवं फेन्सी तथा रेडिमेड ब्याब्सायी संघका सदस्य पाेखरा महानगर पालिका वडा नं. २१ निर्मल पाेखरी ( शिवालय) घर भई हाल पाेखरा १७ महदगाैडा निवासी लेखबहादुुुर भुजेल र वहाँकी धर्मपत्नी इश्वरी भुजेल सहितको सवार गाडी सडक दुर्घटना भई त्रिशुली नदीमा हाल सम्म हराइरहेकोमा सबै उपायद्धारा व्यापक खोजी कार्य गर्दासमेत फेला पार्न नसकेको अवस्थामा आफन्तजन तथा स्थानीय व्यक्तिहरुको सल्लाह सुझाव अनेसार परम्परागत धार्मिक रितिरिवाज अनुरुप मृत्युसंस्कार पूरा गर्नु पर्ने बाध्यता भए अनुसार आज आठौं दिनमा प्रेम भुजेल, द्वाेय लेखबहादुर र धर्मपत्नी ईश्वरी भुजेल तिनै जनाकाे प्रतिकात्मक दाह संस्कार गरीएकाे छ ।

प्रेमबहादुर भुजेल
लेखबहादुर भुजेल र वहाँकी धर्मपत्नी इश्वरी भुजेल

यस शाेककाे घढीमा आज तिनै जना भुजेलकाे प्रतिकात्मक दाह संस्कारमा सामेल हुनकाे लागी बिरौटाका फेन्सी तथा कस्मेटीक पसलहरु बन्द गरीएकाे फेन्सी तथा रेडिमेढ ब्यवसायी सघका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । साथै अध्यक्ष पाैडेलले यस अत्यन्तै दुखद, कठिन, पिडादायिक अवस्थामा हामी सम्पूर्ण फेन्सी व्यावसायीहरु मर्माहित एवम् स्तब्ध भएका छाै भन्दै यस दु:खद घडिमा शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना प्रकट गर्नुभएको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com