अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ विरुद्धको ‘बुस्टर डोज’ खोप लगाएका छन्।
अमेरिकाको नियामक निकायले ६५ वर्षभन्दा माथिका नागरिकलाई फाइजर खोपको तेस्रो डोज लगाउन सिफारिस गरेको छ।
‘सबैभन्दा महत्वपूर्ण काम भनेकै बढीभन्दा बढी मानिसलाई खोप लगाउनु हो,’ खोप लगाउनुअघि बाइडेनले भने।
७८ वर्षीय बाइडेनले पहिलो र दोस्रो डोज लगाउँदा आफूलाई साइड इफेक्ट नभएको पनि बताए।
उनले पहिलो डोज डिसेम्बर २१ र दोस्रो डोज जनवरी ११ मा लगाएका थिए।
उपराष्ट्रपति कमला ह्यारिसले भने मोडर्नाको खोप लगाएकी छन्। त्यसका लागि बुस्टर डोज लगाउन हालसम्म सिफारिस गरिएको छैन।
करिब २६ लाख अमेरिकीले अगस्टयता बुस्टर डोज लगाइसकेको बताइएको छ। एजेन्सी