पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा पुजा कापी उधोगका अध्यक्ष सन्जयकुमार चौधरीले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालकै सबैभन्दा ठूलो कापी उद्योगको रुपमा स्थापित पूजा कापी उद्योग प्रालि चितवनले चौथो वार्षिक साधारणसभामा चौधरीले आगामी अधिवेशनमा केन्द्रीय अध्यक्षको रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
कास्कीस्थित रुपाकोट रिसोर्टमा सम्पन्न कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्दीप घिमिरेले कम्पनीको प्रगति प्रतिवेदन तथा कम्पनीका आर्थिक सल्लाहकार दामोदर बस्ताकोटीले कम्पनीको वित्तीय प्रतिवेदन साथै ताराराज घलेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
ताराराम श्रेष्ठले सन्चालन गरेको उक्त कार्यक्रममा अध्यक्ष सन्जयकुमार चौधरीले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा उद्योगले आफ्ना शेयरसदस्यहरुलाई नगद लाभांश समेत वितरण गरेको थियो ।