राष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन)अध्यादेश, २०७८ खारेज गरेकी छन्।
दल विभाजनको व्यवस्था खुकुलो बनाउन सरकारले सो अध्यादेश ल्याएको थियो।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै संविधानको धारा ११४ को उपधारा २ को खण्ड ‘ख’बमोजिम अध्यादेश खारेज गरिएको जानकारी दिएको छ ।
सो अध्यादेश अनुसार एमाले फुटेर नेकपा एकीकृत समाजवादी बनेको थियो। त्यस्तै जसपाबाट अलग भएकाहरुले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका छन्।
अध्यादेश खारेजीसँगै मन्त्रिमण्डल बिस्तारको बाटो पनि खुलेको छ।