टेस्लाले चीनमा निरन्तर लगानी विस्तार गर्ने


     नेपालय न्युज,     
     असोज ११ गते २०७८



असोज ११, पेचिङ (चीन) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकले चीनमा निरन्तर लगानी विस्तार गर्ने भएको छ ।

वल्र्ड इन्टरनेट कन्फ्रेन्सको पहिला नै रेकर्ड गरिएको एक प्रश्नोउत्तर शैलीको स्ट्रिममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले चीनको प्रशंसा गर्दै यस्तो भनेका हुन् ।

मस्कले चीनको प्रशंसा गरेको यसै महीना यो दोस्रो पटक हो । दुई हप्ता अघि वल्र्ड न्यू एनर्जी भेइकल कंग्रेशमा एक रेकर्डेड स्ट्रिममा पनि मस्कले चिनियाँ अटोनिर्माताहरु विश्वमै सबैभन्दा प्रतिस्पर्धी भएको बताएका थिए ।

चीनले विविध क्षेत्रहरुमा उन्नत डिजिटल प्रविधिहरु प्रयोगमा टन्नै स्रोत र प्रयास लगाएको आफूले देखेको मस्कले पछिल्लो भिडियोमा भनेका छन् । टेस्लाले चीनमा लगानी र अनुसन्धान तथा विकास प्रयास निरन्तर विस्तार गर्ने उनको भनाइ छ ।

टेस्लाले चीनमा आफ्नो नराम्रो छवि सुधार्ने कोशिश गरिरहेको छ । गोपनियता र सवारी साधन फिर्ता गर्नुपर्ने अवस्थाका कारण चीनमा कम्पनीले नियामक कडाईको सामना गरेको थियो ।

चीनले केही राज्य र सैनिक कर्मचारीहरुलाई टेस्लाको विद्युतीय कारको प्रयोगमा बन्देज वा प्रतिबन्ध लगाएको बताइएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com