अमेरिकाको संसद भवनमा भएको आक्रमणमा ट्रम्पका सहयोगिमाथि मुद्दा दर्ता

-


     नेपालय न्युज    
     असाेज ८ गते २०७८


अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् ।

गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।

उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए । यस घटनाको छानविन गर्न बनाईएको समितिले पहिलो पटक ४ जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको छ ।

यी चारैजना पूर्व राष्ट्रपति ट्रम्पका सहयोगी एवं कर्मचारी रहेका छन् । तत्कालिन राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मिडोज, डेपुटी चिफ डान स्काभिनो, पूर्व सल्लाहकारहरु स्टिभ बानन र काश पटेल निशानामा परेका हुन् ।

उनीहरुमाथि चुनावबारे दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाईएको छ ।

चारै जनासँग बयान लिन छानविन सतिमिले यही अक्टोबर १४ र १५ तारिखमा बोलाएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com