अमेरिकी व्यवसायिक गतिविधि १२ महीनायताकै सुस्त दरमा बढ्यो

-


     नेपालय न्युज    
     असाेज ८ गते २०७८


वाशिङटन डीसी (अमेरिका) । सेप्टेम्बरमा अमेरिकाको व्यवसायिक गतिविधि एक वर्षकै सुस्त दरमा बढेको छ ।

डेटा कम्पनी आईएचएस मार्किटले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । यसले तेस्रो त्रैमासमा आर्थिक वृद्धिदर सुस्ताउने अनुमानलाई बलियो बनाएको छ ।

सेप्टेम्बरमा अमेरिकाको पीएमआई उत्पादन सूचकांक ५४ दशमलव ५ अंक रहेको आईएचएसको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । यो सन् २०२० को सेप्टेम्बरयताकै न्यून हो । अगष्टमा यो सूचक ५५ दशलमव ४ अंक रहेको थियो ।

कुनै पनि आर्थिक क्षेत्रको गतिविवधि जनाउने यो सूचक ५० अंकभन्दा माथि रहेमा सो क्षेत्रमा वृद्धि भइरहेको बुझिन्छ । कच्चा पदार्थ र श्रमिकको चिरस्थायी अभावका कारण व्यवसायहरु संघर्षरत् छन् । आपूर्ति श्रृङ्खला चाँडै सुध्रन्छ भन्ने आशा रहेको भएपनि कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टले केही कच्चा पदार्थको अभाव खराब बनाएको छ ।

सरकारी राहत वितरण घट्दै गएपछि चालु त्रैमासमा जिडीपीमा उल्लेख्य कमी आउने अनुमान अर्थशास्त्रीहरुले गरिरहेका छन् । तेस्रो त्रैमासमा अर्थतन्त्र थोरैमा वार्षिक २ दशमलव ६ प्रतिशतसम्मले बढ्ने अनुमान छ । अप्रिल–जुन त्रैमासमा यो दर ६ दशमलव ६ प्रतिशत रहेको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com