अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता

-


     नेपालय न्युज    
     असाेज ६ गते २०७८


अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ ।

यी दुई नेताबीच जलवायु परिवर्तन, अस्ट्रेलियासँग भएको सुरक्षासम्बन्धी ओकस सम्झौतासहितका विषयमा कुराकानी भएको बताइएको छ ।

भेटमा व्यापारका मुद्दामा पनि छलफल भएको ठानिएको छ । बेलायतले अमेरिकासँग व्यापार सम्झौताको तयारीमा रहेको बुझिएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले बेलायतसँगको व्यापार सम्झौताबारे छलफल जारी रहेको बताइएको छ ।

युरोपियन युनियनबाट बाहिरिएको बेलायतले उत्तरी आयरल्याण्डसँगको शान्ति प्रक्रियामा कुनै असर नपार्न पनि बाइडेनले चेतावनी दिनुभएको छ । बेलायती प्रधानमन्त्री जोन्सनले यसअघि आउँदो आम चुनावअघि अमेरिकासँग व्यापार सम्झौता हुनसक्ने कुरा खुलाउनु भएको थिएन ।

बाइडेन र जोन्सनबीच यसअघि जी सेभेन सम्मेलनको क्रममा प्रत्यक्ष भेटवार्ता भएको थियो। यस्तै यही वर्ष ग्लासगोमा हुने कोप २६ मा पनि दुई नेताबीच भेट हुनेछ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com