फाइजरको कोभिड विरुद्धको खोप ५ देखि ११ वर्षका बालबालिकामा प्रयोग गर्न सुरक्षित

-


     नेपालय न्युज    
     असाेज ५ गते २०७८


असोज ५, न्यूयोर्क (अमेरिका) । अमेरिकी फर्मा कम्पनी फाइजर इंकले बनाएको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित भएको बताइएको छ ।

फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन् । खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रा एन्टिबडी उत्पादन गरेको बताइएको छ । कम्पनीले यो खोप ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा प्रयोग गर्ने अनुमति खोज्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिंदैछ ।

यसको अनुमति मिलेमा यो १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई खोप लगाउनेतर्फ महत्वपूर्ण कदम हुनेछ । फाइजरको खोप अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ ।

विद्यालय विस्तारै खुल्न थालेको र कोरोना भाइरसको संक्रामक डेल्टा भ्यारिएन्टको बिगबिगीका कारण शिशु तथा बालबालिकाहरुमा संक्रामण उच्च दरमा बढेको छ ।

यस्तोमा १२ वर्ष भन्दाकम उमेरका बालबालिकामा खोपको प्रयोग संक्रमण फैलिन नदिन प्रभावकारी औजार हुने देखिएको छ । तर यस उमेरका बालबालिकाहरुलाई अहिले युवा तथा वयस्कहरुलाई दिइरहेको खोपको एक तिहाई मात्रै लगाइनेछ । मात्रा कम भएपनि उनीहरुमा खोपको दुबै लगाएपछि किशोर किशोरी र युवा तथा वयस्कहरुको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको छ ।

यस उमेर समूहमा खोपका कारण उत्पन्न लक्षणहरु पनि अहिले युवा तथा वयस्कहरुमा देखिरहेको जस्तै ज्वरो आउने लगायतका केही अस्थायी साइड इफेक्ट देखिएको बताइएको छ । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com