सनफ्रान्सिस्को (अमेरिका) । अमेरिकी अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी यूबरको शेयर मूल्य मंगलवार बढेको छ ।
अमेरिकी शेयर नियामकलाई बुझाइएको एक फाइलिङमा तेस्रो त्रैमासको वित्तीय परिदृश्यमा सकारात्मक संशोधन गरेसँगै शेयरमूल्य बढेको हो । चालू त्रैमासमा कम्पनीको ग्रस बूकिङ २२ अर्ब ८० करोड डलरदेखि २३ करोड २० लाख डलर बीच रहने फाइलिङमा भनिएको छ ।
यो खबरसँगै न्यूयोर्क स्टक एक्सचेञ्जमा नियमित कारोबार शुरु हुन अघि कम्पनीको शेयरमूल्य करीब ६ प्रतिशतले बढेको थियो । ब्याज, कर, मूल्यह्रास र कर्जा भुक्तानी पूर्वको घाटा/ मुनाफा २ करोड ५० लाख डलर रहने कम्पनीको अपेक्षा छ ।
यसअघि भने यस्तो खालको घाटा १० करोड डलर हुन सक्ने बताइएको थियो । चौथो त्रैमासमा भने कम्पनी नाफामा जान सक्ने बताइएको छ । एजेन्सी