ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय

-


     नेपालय न्युज    
     असाेज ५ गते २०७८


काठमाडौँ । सरकारले केपी शर्मा ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

मङ्गलाबार सिंहदरबारमा बसेका मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले फिर्ता गराउने राजदूतमा महेन्द्रबहादुर पाण्डे (चीन), डा. वंशीधर मिश्र (बंगलादेश), नारदमुनि भारद्वाज (कतार), युवराज खतिवडा (अमेरिका), अञ्जान शाक्य (इजरायल), उदयराज पाण्डे (मलेसिया), दावाफुटी शेर्पा (स्पेन), डा.निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका), नीलाम्बर आचार्य (भारत) रहेका छन्।


साथै कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला सिमिकोट खण्डको सडक निर्माण गर्ने कार्य नेपाली सेनाबाट गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यसैगरी सरकारले कोभिड १९ को संकट सम्बन्धी व्यवस्थापन गर्न बनेको विधयेक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
बैठकले औषधी ऐन २०३५ लाई संशोेधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।
कोभिड १९ व्यवस्थापन आदेश २०७८ गर्ने निर्णय पनि भएको छ । संयुक्त राष्ट्र संघको ७६ औँ महासभामा भाग लिन जाने प्रतिनिधि मण्डलको गठन गर्ने निर्णय गरिएको जानकारी मन्त्री कार्कीले दिनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com