बाइडेनले भनेः निरन्तर युद्धको युग अन्त्य गरेर अथक कूटनीतिको युग सुरु गर्दैछौँ

-


     नेपालय न्युज    
     असाेज ५ गते २०७८


अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘निरन्तर युद्धको युग’ समाप्त गरेर अमेरिकाले ‘अथक कूटनीतिको नयाँ युग’ सुरु गरिरहेको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बाइडेनले विगतको युद्ध लड्न छाडेर अमेरिका भविष्यतर्फ केन्द्रित हुने बताए।


‘विगतको युद्धलाई निरन्तरता दिनुको सट्टा हामी आफ्नो ध्यान हाम्रो सामूहिक भविष्यमाथि आइपर्ने चुनौतिर केन्द्रित गर्दैछौँ। यो महामारीको अन्त्य, जलवायु संकटको सम्बोधन, बदलिँदो विश्वव्यापी शक्ति सन्तुलनको व्यवस्थापन, व्यापार, साइबर र उदाउँदा प्रविधिजस्ता महत्वपूर्ण मुद्दाहरुमा विश्वको नियम निर्माण र आतंकवादको सामनाजस्ता चुनौती हामीसामु छन्,’ बाइडेनले भने।

उनले यो विश्वका लागि निर्णायक दशक भएको पनि बताए।


‘यो हाम्रो विश्वका लागि निर्णायक दशक हो, जसले हाम्रो भविष्य निर्धारण गर्नेछ,’ बाइडेनले भने।

उनले कोभिड–१९ महामारीलाई परास्त गर्न र भविष्यका महामारीका लागि तयारी गर्न अन्य मुलुकसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि जनाए। एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com