प्रवासी नेपाली एकता मंच अमेरिकाको संगठन विस्तार

-


     नेपालय न्युज    
     असाेज ३ गते २०७८


प्रवासी नेपाली एकता मंच अमेरिकाको संगठन विस्तार र सुदृढीकरण अभियान अनुसार न्युयोर्क राज्य कमिटिको गठन सेप्टेम्बर १८, २०२१ मा सम्पन्न भएको छ ।

न्युयोर्कको उडसाइडमा अवस्थित सुम्निमा रेस्टुरेन्टमा सम्पन्न कार्यक्रमबाट अध्यक्षमा सौमेन्द्र रञ्‍जित , उपाध्यक्ष रामजी पौडेल , सचिव देवकी पाण्डे ( पन्त), सहसचिव केदार पौडेल ( कृष्ण ) र कोषाध्यक्ष उमा तामाङ्ग, सहकोषाध्यक्ष रामकाजी तामाङ्ग र बोर्ड सदस्यहरुमा मनोज गुरुङ, यम खत्री, धन बहादुर क्षेत्रि , गीता भण्डारी , सुशिला पौडेल , दीपक रायमाझी , नारायण घिमिरे, गोम्बा शेर्पा , भवानी राइ अनि सल्लाहकारहरुमा समाजका सबै पक्ष समेटिने गरेर खिम भट्टराई , डाक्टर प्रकाश श्रेष्ठ , डाक्टर रस कुमारी गुरुङ , नीलमणि खरेल र मकर राइलाइ चयन गरिएको छ ।

कार्यक्रमको उदघाटन सँस्थाका अध्यक्ष टेक गुरुङ र वरिष्ठ नेता भिम कार्कीले सँस्थाका अग्रज डाक्टर प्रकाश श्रेष्ठको समेत साथमा पानसमा बत्ति बालेर गर्नु भएको थियो । कार्यक्रम संचालन संस्थाका महासचिव शंकर पन्तले गर्नु भएको थियो भने , कमिटि चयनको लागि लक्यान लामा , युबराज खनाल , केन्द्रिय सदस्य चेतनाथ भट्टराई सम्मेलित निर्वाचन कमिटि बनाएर कमिटि चयन गरिएको थियो ।

कार्यक्रममा सँस्थाका केन्द्रिय सदस्य शेषराज खतिवडाले सँस्थाको वैधानिक आधार अनि वरिष्ठ नेता भीम कार्कीले त्यसको सांगठानिक अवधारणाको बारेमा प्रकाश पार्नु भएको थियो । सँस्थाका वरिष्ठ उपाध्यक्ष यम लामाले स्वागत गरेर सुरु गर्नु भएको उक्त कार्यक्रमलाइ आदिवासी जनजाति महासंघ अमेरिकाका लोक चेम्जोङ्ग , किरात राइ समाजका अध्यक्ष केशवराम राइ , जनप्रगतिशील मंच अमेरिकाका केन्द्रिय सदस्य विजय ज्ञवाली , कलाकार संघ अमेरिकाकि अध्यक्ष निशा सुनार , किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष सुमन थुम्ब्सुङ्ग लिम्बु ‘मिरेक ’ , गुरुङ समाज अमेरिकाकि केन्द्रिय सदस्य एलिशा गुरुङ , ठकुरी समाज अमेरिकाका मिलन शाही लगायतले कार्यक्रम सफलताको कामना गर्नु भएको थियो । सँस्थाका केन्द्रिय अध्यक्ष टेक गुरुङले कार्यक्रममा सहभागी सबैलाइ धन्यवाद दिनु भएको थियो भने नव निर्वाचित अध्यक्ष सोमेन्द्र रंजितले न्युयोर्कको नेपाली समाज सेवामा आफु दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com