आँधीका कारण जापानमा ४९ ओटा आन्तरिक उडान रद्द

-


     नेपालय न्युज    
     असाेज २ गते २०७८



facebook sharing buttontwitter sharing buttonsharethis sharing button
२०७८ असोज, २ अन्तरराष्ट्रियChelsea International Image Not Found
असोज २, टोकियो ।आँधीका कारण जापानमा ४९ ओटा उडान रद्द भएका छन् ।

चान्थुमा आएको आँधीका कारण कम्तीमा पाँच जना घाइते भएको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।
जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्द भएको स्थानीय सञ्चार माध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । आँधीले नागासाकी, फुकुओका, सागा लगायतका क्षेत्रमा असर पारेको अधिकारीहरूले बताए।

आँधी प्रतिसेकेण्ड ३० मीटरको गतिमा आएको थियो । जापानमा आँधी, भूकम्पलगायतका प्राकृतिक प्रकोपका कारण वर्षेनी धनजनको ठूलो क्षति हुने गरेको छ।रासस/ एएनआई

WP2Social Auto Publish Powered By : XYZScripts.com