एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल, सेल्फिको लफडा सहितको प्रेस विज्ञप्ति

-


     नेपालय न्युज    
     असाेज १ गते २०७८


गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशनलाइ नेपाल सरकारको परराष्ट्र मन्त्रालयले तत्काल केहि नगर्न भनेर रोकिदिएको छ। तर पनि संघको निर्वाचन समितिले निर्वाचन संबन्धि पहिलो सूचना प्रकाशित गरेको छ।

सूचना नियमित होला तर यहाँ भोटिङ्ग गर्न सेल्फी गर्नुपर्न भन्ने गैरकानुनि प्रावधान राखिएको छ। विश्वोका युरोप, ओसनीय, द अमेरिकाज, एशिया लगायत क्षेत्रका ४० भन्दा धेरै राष्ट्रिय समन्वय परिषद (एनसीसी) भएका देशमा व्यक्तिको कानुनि नाम, पासपोर्ट लगायतका डकुमेण्ट, ठेगाना, इमेल, फोन नम्बर, फोटो राखेर पब्लिक गर्नु गैरकानुनि मानिन्छ।

त्यसमा पनि यो सेल्फी अनिबार्यले गर्दा बायो इन्फर्मेशन रेकर्ड हुने हुनाले त्यसलाई त प्रतिबन्ध नै लगाइएको छ। यो स्मार्ट एनआरएन नामको स्टेक होल्डर पनि एनआरएनकै पदीय व्यक्ति, उम्मेदवार सेमत हुने हुनाले यस्तो सूचना स्क्यामरलाइ बेचेर अर्को लुप्त आर्थिक आर्जनको एजेण्डा रहेको प्रष्ट देखिएको छ। अमेरिकामा सरकारी रेकर्ड बाहेक अरुले यस्तो इन्फर्मेशन राख्न पाउँदैनन। कामका लागि मानवीय सेवा दिन अरुलाई शारिरिक रुपमा छुनुपर्ने काममा भने क्रिमिनल रेकर्ड हेर्न यस्तो बायो इन्फर्मेशन चेक गर्ने गरिन्छ। तर पनि संघको नयाँ इमेलबाट प्राप्त भएको आधिकारीक सूचना यहाँ जस्ताको तस्तै:

सबैमा नमस्कार !

एनआरएनए निर्वाचन समितिको प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१ अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका संघले अधिवक्ता लिलामणि पौडेलको संयोजकत्वमा गठित ७ सदस्यीय निर्वाचन समिति निर्वाचनको आन्तरिक तयारीमा गत जुलाई देखि नै जुटिरहेको छ । जुलाईमा भएका राष्ट्रिय अधिवेशन र निर्वाचनहरुलाई नियाल्दै आएको निर्वाचन समितिले आगामी २० अक्टोवरमा अन्तर्राष्ट्रिय समन्वय परिषदको अनलाइन निर्वाचन गर्ने प्रस्ताव गरी तयारी भइरहेको छ। निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । हाल उपलब्ध ती नामावलीको अन्तिम प्रमाणीकरणको काम निर्वाचन समितिको प्रत्यक्ष निगरानीमा भइरहेको छ ।

गैरआवासीय नेपाली संघको इतिहासमै पहिलो पटक निर्वाचन अनलाइन प्रणालीमार्फत गर्न लागिएको (इ–भोटिङ्ग) हुंदा स्वतन्त्रता र निष्पक्षताको प्रत्याभूत हुने गरी नेपालीहरुको संलग्नता नरहेको विदेशी निर्वाचन भेन्डरको छनौट भैसकेको छ। प्राविधिक लगायत अन्य विविध पूर्व तयारी भइसकेको छ। अनलाइन मतदानका लागि संस्थाका महाधिवेशन प्रतिनिधिहरु (मतदाता) ले मतदानका समयमा आफ्नो अनुहार प्रमाणीकरण गर्नुपर्ने भएकाले अहिले नै अनुहार प्रष्ट देखिने फोटो (सेल्फी) अनिवार्य पठाउनु पर्ने हुन्छ। सबै मतदाताहरुलाई संघको एमआइएस सिस्टममा लगइन गरेर सेल्फी फोटो अपलोड गर्न अनुरोध गरिएको छ। अहिले सोही अनुसार फोटो संकलनको काम जारी छ। निर्वाचनका बेला मतदाताले आफ्नो डिभाइसमा सेल्फी फोटो प्रमाणीकरण गरेपछि मात्रै भोट हाल्न पाइने प्रावधान भएकाले समयमै सेल्फी फोटो अपलोड नगर्दा मतदानबाट बन्चित हुने अवस्था आउन सक्छ। यस तर्फ सबै मतदातालाई सजग रहन निर्वाचन समिति अनुरोध गर्दछ ।

गैरआवासीय नेपालीको अवस्था प्रष्ट देखिनका लागि भिसा सहितको आइडि कार्ड पनि आवश्यक भएको हुनाले यदि सदस्यता बनि सकेपछि पछाडि नविकरण गरिएका भिसा तथा आइडि कार्ड भए membership@nrna.org मा पठाइ दिन हुन समेत सुचित गरिन्छ। आसन्न निर्वाचन सम्पन्न गर्नका लागि यसअघि नै ७ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । अधिवक्ता लीलामणि पौडेलको संयोजकत्वमा गठित समितिमा सदस्य सचिव भूषण घिमिरे (जापान) रहनुभएको छ । निर्वाचन समितिका सदस्यहरुमा रामप्रताप थापा (जर्मनी), चिरञ्जिीवि ढकाल (यूके), डा. विष्णुमाया परियार (अमेरिका), डा. देवकाजी डंगोल (कतार), डा. गणेश गुरुङ्ग (नेपाल) हुनुहुन्छ ।

निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि समितिले आइटी विज्ञहरु सहितको उप समिति बनाएर आवश्यक सरसल्लाह लिंदै आफ्नो तयारी र काम अगाडि बढाइराखेको छ । निर्वाचन कार्यतालिका प्रकाशनको अन्तिम चरणमा रहेका समयमा संघको प्रत्यक्ष सरोकार रहेको परराष्ट्र मन्त्रालयबाट अन्तर्राष्ट्रिय समन्वय परिषदलाई महाधिवेशन र निर्वाचनका विषयमा चासो राख्दै पत्र आएकाले संघको नेतृत्वले त्यस विषयलाई सम्बोधन गर्न साथ निर्वाचन समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरी तोकिएकै समयमा निर्वाचन गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने छ र अन्य आवश्यक काम अघि बढाउने छ । निर्वाचनका बाँकी आवश्यक प्रकृयाका लागि समयको अभाव नभएकाले निर्वाचन समिति तोकिएको समयमा निर्वाचन गराउन प्रतिबध्द रहेको विश्वास दिलाउँदछ । महाधिवेशन प्रतिनिधिहरुले आफ्नो मताधिकारलाई सुरक्षित राख्न तोकिएका मापदण्डहरुको पालना गर्दै आवश्यक सूचनाहरुका लागि निर्वाचन समिति, अन्तर्राष्ट्रिय समन्वय समितिको सचिवालय र आफ्नो देशको राष्ट्रिय समन्वय परिषदको इमेल र सूचनाहरु हेर्दै आवश्यक सहयोग गरिदिनुहुने विश्वास निर्वाचन समितिको छ ।

निर्वाचन समिति,

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

१७ सेप्टेम्बर २०२१

WP2Social Auto Publish Powered By : XYZScripts.com