
काठमाडौँ-
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक मुनु सिग्देल चयन गरेको छ।
मुनु सिग्देल पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आमा हुन् भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता विरोध खतिवडाको श्रीमती हुन् ।
विरोध खतिवडा सङ्घीय सरकारको मन्त्री बन्ने चर्चा चलिरहँदा मुनु सिग्देले बाग्मती प्रदेशको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पाएकी हुन् ।
संसदीय दलको कार्यालय हेटौंडामा सोमबार बसेको बैठकले संसदीय दलको उपनेतामा कृष्ण प्रसाद खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको हो।
नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ । सोमवार बसेको पार्टीको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।
यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा ( माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्नका लागि दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मा दिइएको छ। संसदीय दलको हिजो आइतवार बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।
नेकपा (एमाले) का ५६ जना प्रदेश सभाका सदस्यहरूमध्ये १३ जना प्रदेशसभा सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) मा चुनेकाले अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको पार्टीले जनाएको छ।
बागमती प्रदेशसभामा एमाले ४३ सांसदसाथ पहिलो, २३ सांसदसाथ नेकपा माओवादी केन्द्र दोस्रो, २२ सांसदसाथ नेपाली कांग्रेस तेस्रो, १३ सांसदसहित नेकपा (एकीकृत समाजवादी) चौथो, ३ सांसद भएको विवेकशील साझा पार्टी पाँचौं, २–२ सांसद् रहेका राप्रपा र नेमकिपा छैटौं र सातौं स्थानमा छन् । प्रदेशसभामा १ सांसद स्वतन्त्र हैसियतमा छन् ।
एनपर्दा