टिकटक बनाउने लाग्दा चिप्लेपछि तनहुँकी १९ वर्षीय युवती सेती नदीमा खसेर बेपत्ता

-


     नेपालय न्युज    
     भाद्र २९ गते २०७८


तनहुँ / तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका- ८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् ।
सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनीसहित दुई जना साथी पनि थिए ।

लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो । नदीतर्फ जादै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बेपत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।