क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी : राष्ट्र बैंक

-


     नेपालय न्युज    
     भाद्र २४ गते २०७८


नेपाल राष्ट्र  बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग तथा माइनिंग गैरकानूनी रहेको स्पष्ट गरेको छ ।

केन्द्रीय बैंकले बिहीवार सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग तथा माइनिंग नगर्न तथा नगराउन भनेको छ ।

साथै उसले क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग तथा माइनिंग जस्ता कार्यमा संलग्न हुन प्रोत्साह गर्ने गराउनेसमेत गरेको पाइएको र त्यस्तो कारोबारबाट सर्वसाधारण ठगिएको तथा ठगिन सक्ने देखिएकोले त्यस्तो कार्य गरे/ गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख गरेको .

WP2Social Auto Publish Powered By : XYZScripts.com