तालिबानको सरकारको घोषणा हुने बित्तिकै शिक्षाको विषयमा उनीहरुको सोच छताछुल्ला भएको छ । तालिबानी सरकारमा शिक्षामन्त्री बनाइएका शेख मौलवी नूरुल्लाह मुनिरले पीएचडी र मास्टर डिग्रीको कुनै मूल्य नभएको बताएका छन् । उनले भने, ‘मुल्ला र सत्तामा समावेश तालिबानी नेतासँग पनि यी डिग्री छैन, यहाँसम्म कि उनीहरुसँग १२ को डिग्रीसमेत छैन तरपनि उनीहरु शक्तिशाली छन् ।’
हेरातमा तालिबान विरोधी प्रदर्शनमा गोलीबारी, २ जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेको तीन हप्तापछि तालिबान मंगलबार बेलुका आफ्नो सरकारको घोषणा गरिरहेको थियो । त्यतिबेला हेरातमा तालिबान विरोधी प्रदर्शन चलिरहेको थियो । यसलाई रोक्नका लागि तालिबानले गोलीबारी गरे जसमा दुईजनाको मृत्यु भयो भने ८ जना घाइते भएका छन् । अपरान्हमा काबुलमा निकालिएको पाकिस्तान विरोरी र्यालीमा पनि तालिबानले हवाई फायरिङ गरेको थियो । यसमा कुनै मानवीय क्षती भने भएन ।एजेन्सी