
पोखरा ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा मादी गाउँपालिका कास्कीको सभापतिमा नेपाली काग्रेस कास्कीका जिल्ला सदस्य ओमप्रकाश गुरुङले उम्मेदवारी घोषण गरेका छन ।
मादी गाउँपालिकाको सभापतिमा उम्मेदवारी घोषणा गरेका ओमप्रकाश गुरुङ नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । गुरुङ कास्की काङ्ग्रेसका लोकप्रिय तथा सक्रिय नेता हुन । मादी गाउँपालिकाका ११ वटा वडामा राम्रो पहिचान बनाएका कारण गुरुङले चुनाव सहजै जित्ने काङ्ग्रेस कार्याकर्ताहरुले बताउने गरेका छन् ।
गुरुङले मादी गाउँपालिका भित्रको अनेकांै व्यथितिहरुलाई चिर्न पनि काग्रेस आगामी चुनाबमा पहिलो पार्टी भएर आउनै पर्ने बताउदै युवा अवस्था देखि काङ्ग्रेसको चुनावी कार्यक्रम , आम निर्वाचन लगायतमा सक्रिय भुमिका निभाइ प्रचारप्रसारमा आफु सहभागी भएको बताउदै पोखरा विश्वविधालय लेखनाथमा अध्ययनरत रहदा पोखरा विश्वविधालय स्कुल अफ विजनेस इकाईको नेविसंघ सचिव भइ काम गरिसकेको र आफुलाइ नेपाली काग्रेसका कार्याकर्ताहरुले राम्रो काम गर्न सक्ने आधारमा १३ औं महाधिवेशनमा क्षेत्र नम्बर १ बाट नेपाली काङ्ग्रेसको जिल्ला सदस्यमा सर्वाधिक मत प्राप्त गरि बिजयी गराएको बताए ।

गुरुङ युवा क्लब, ग्रामिण मोटरबाटो, बिधुत विस्तार उपभोक्त लगायतका समितिमा सचिव, अध्यक्ष भइ काम गरीसकेका छन् भने हाल रुदिखोला एम्बुलेन्स सन्चालन उपसमिती ९ कास्की मादी ८,९ र लमजुङ क्व्होलासोथर ५,६,७० को अध्यक्ष,गैरसरकारी संस्थामा शिक्षा, स्वास्थ्य, उधोमशिलता क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव रहेकाे छ ।