पोखरा महानगरपालिकाको कांग्रेस सभापतिमा लामिछानेको उम्मेदवारी

-


     नेपालय न्युज    
     भाद्र २१ गते २०७८


भदौ २१ पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिकाको सभापतिमा कास्की काग्रेसका निर्वतमान सचिव राम राज लामिछानेको उम्मेदवारी घोषणाभएको छ ।

नेपाली कांग्रेस पोखरा ९ को नव निर्वाचित कार्यसमिति तथा क्षेत्रीय प्रतिनिधिको पहिलो संयुक्त बैठकले नेपाली काग्रेस कास्कीकानिर्वतमान सचिव तथा पोखरा महानगरपालिकाका सचेतक राम राज लामिछानेलाई १४ औँ महाधिवेशनमा नेपाली काग्रेस पोखरामहानगरको सभापतिमा उठाउने निर्णय गरेको छ ।

नेपाली काग्रेस कास्कीका निर्वतमान सचिव तथा पोखरा महानगरपालिकाका सचेतक साथै हाल पोखरा महानगरपालिका ९ का वडाअध्यक्ष लामिछानेलाई नेपाली कांग्रेस पोखरा महानगरको सभापतिमा उठाउने सर्वसम्मत निर्णय गरिएको नेपाली कांग्रेस पोखरा ९ का नवनिर्वाचित सभापति शिवराज वास्तोलाले बताए ।

पोखरा महानगरको सभापतिमा उम्मेदवारी घोषणा गरेका नेता लामिछाने नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । लामिछानेकास्की काङ्ग्रेसका लोकप्रिय तथा सक्रिय नेता हुन । पोखरा महानगर का ३३ वटा वडामा राम्रो पहिचान बनाएका कारण लामिछानेलेचुनाव सहजै जित्ने काङ्ग्रेस कार्यकर्ताले बताएको नेपाली कांग्रेस पोखरा ९ का सभापति शिवराज बास्तोला बताउछ्न ।

त्यसैगरी नेपाली कांग्रेस पोखरा ९ को नव निर्वाचित कार्यसमितिले नेपाली काग्रेस क्षेत्र न.२ को प्रदेश ख को सभापतिमा वर्तमान सभापतिदिपेन्द्र मर्सानीलाई जिल्ला सह सचिवमा भिम गौतमलाई जिल्ला सदस्यमा विश्वशकंर पालिखेलाई गण्डकी प्रदेश प्रतिनिधिमा राजेन्द्रपहारीलाई महाधिवेशन प्रतिनिधिमा उमा ठकुरी, विष्णु वास्तोला,ऋषि सापकोटा, सुनयाना पालिखे, बसन्त थकालीलाई उठाउने निर्णयगरेको छ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com