अमेरिकामा रोजगारी वृद्धि अपेक्षा गरिएभन्दा कमजोर

-


     नेपालय न्युज    
     भाद्र १९ गते २०७८


भदौ १९, वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकी अर्थतन्त्रले अपेक्षा गरिएभन्दा निकै कम रोजगारी सृजना गरेको छ ।

अगष्टमा २ लाख ३५ हजार रोजगारी थपिएको छ । यो जुलाई र अर्थशास्त्रीहरुले समीक्षा अवधिकालागि अनुमान गरेको दुबैभन्दा निकै कम हो । यसले कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारियन्टका कारण संक्रमण बढेसँगै आर्थिक पुनःबहालीले गति गुमाउने हो कि भन्ने चिन्ता बढाएको छ ।

जुलाईमा अमेरिकी अर्थतन्त्रले १० लाख ५० हजार रोजगारी सृजना गरेको थियो । रोजगारी सृजना सुस्ताएको भए पनि जुलाईमा ५ दशमलव ४ प्रतिशत रहेको बेरोजगारी दर अगष्टमा घटेर ५ दशमलव २ प्रतिशतमा झरेको छ । डेल्टा भ्यारिएन्टका कारण संक्रमण बढेसँगै यात्रा, पयर्टन र आतिथ्यमा उपभोक्ता खर्च प्रभावित भएको अर्थशास्त्रीहरुले बताएका छन् ।

श्रम मन्त्रालयले तथ्यांक अगष्टको दोस्रो हप्तामा संकलन गरेको भएकोले यसले महीनाको दोस्रो अर्धवार्षिक अवधिमा आएको इदा र हेन्री नामक समुद्री आँधीको प्रभाव नदेखिएको पनि उनीहरुले बताएका छन् ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com