न्यूयोर्क र न्यूजर्सीमा आँधी : ९ जनाको मृत्यु, आपतकाल घोषणा

-


     नेपालय न्युज    
     भाद्र १७ गते २०७८


अमेरिकाको पूर्वोत्तर तटमा भारी वर्षा र आँधीपछि अचानक आएको बाढीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको त्यहाँका स्थानीय मिडियाले जनाएको छ । न्यूयोर्क र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ । न्यूयोर्क सिटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताएका छन् ।

न्यूयोर्कको चर्चित सेन्ट्रल पार्कमा एक घण्टाभित्र तीन इन्च वा ८ सेन्टिमिटरको वर्षा दर्ता गरियो । शहरको भूमिगत रेल सेवा बन्द गरिएको छ र बाटोमा सामान्य वाहनमा चल्न प्रतिबन्ध लगाइएको छ ।
न्यूयोर्क र न्यूजर्सीबाट थुप्रै विमान र ट्रेन स्थगित गरिएको छ । अमेरिकामा अचाजक परिवर्तित मौसमका लागि समुद्री आँधी इडा जिम्मेवार भएको बताइन्छ । यसको बाँकी भएको हिस्साले यस्तो असर देखाएको बताइन्छ ।

इडा आँधी अघिल्लो हप्ता अमेरिकाको दक्षिणी राज्य लुइजियानामा आएको थियो । यसले भारी विधवंश मच्चाएको थियो । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com