अमेरिकाले अफगानिस्तानमा रहेको दूतावास बन्द गरेर कतारको राजधानी दोहामा स्थानान्तरण गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताउनुभयो । उहाँले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको दोहामा सारिएको बताउनुभयो ।
अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले अफगानिस्तानसँग अमेरिकाको सम्बन्धको नयाँ अध्याय सुरु भएको बताउनुभयो । उहाँले कूटनीतिक रुपमा नयाँ ढंङ्गबाट अघि बढ्ने प्रतिक्रिया दिुनभयो ।
ब्लिन्केनका अनुसार अफगानिस्तानबाट एक लाख २३ हजार मानिसको सुरक्षित उद्धार गरिएको छ । जसमा ६ हजारभन्दा धेरै अमेरिकी सैनिक थिए । एजेन्सी