
भाद्र । स्वर्गीय अमर लामाका जेष्ठ छोरा अमित लामाले मिति २०७८ भाद्र १३ गते पासाङ्ग शेर्पाले गाइएको गीत तथा टुडेज नेपालले युटुब च्यानलमा अपलोड गरिएको गीत प्रति गम्भिर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत गराउनु भएको छ ।
अमित लामाले आफ्नो परिवार र बुबा स्वर्गीय अमर लामाको चरित्र माथि बारम्बार गरिने प्रहार प्रति गम्भिर ध्यानाकर्षण भएको कुरा अबगत गराउदैं वास्तविकता के थियो र अमर लामाको परिवार कुन परिस्थितिका बारेमा जानकारी नै नलिई हरेक पटक दास ढुंगा दुर्घटनालाई हत्याको बिल्ला दिएर राजनैतिक फाइदा लिनको लागि बारम्बार अमर लामाको चरित्र माथि झुठा लान्छना लगाइएको विज्ञप्तिमा उल्लेख गर्नु भएको छ । लामाले सत्य तथ्य जान्दा जान्दै पनि केहि उछ्रिखंल, अहिलेको सामाजिक सञ्जालमा भाईरल हुन र दासढुंगा दुर्घटनालाई आफ्नो माध्यम बनाएर केहि माथि चड्न खोज्ने जमातहरुलाई तत्काल यस्ता निन्दनीय काम रोक्न प्रेस विज्ञप्ति अपिल गर्नु भएको छ ।
प्रेस विज्ञप्तिमा दासढुंगा दुर्घटनाका चालक अमर लामालाई आरोप लाउनु भन्दा पहिले अमर लामाको परिवार कुन अवस्थामा छ र आर्थिक स्थिती के कस्तो छ भन्ने बुझेर मात्र टिका टिप्पणी गर्दा उचित हुने प्रेस विज्ञप्तिमा उल्लेख गर्दै यदि अमर लामा वास्तबमा नै हत्यारा थिए भने ,वास्तबमा नै पैसामा बिकेको भए लामाले आफुले १२ वर्ष खाडीको ५० डिग्रीको घाममा ७५० दिराम (नेपाली १५ हजार तेती बेला) मा आफुलाई बिदेशमा बेचिन जानु पर्ने थिएन भन्दै आफ्नो दुःख व्यक्त गर्नुभयो । लामाले कमेन्ट गर्न र आरोप लगाउन जति सजिलो छ निर्दोष हुदा हुदै पनि हत्याराको छोरा भन्ने कसैबाट सुनिदा धेरै पिडा हुने बताउनु भयो ।
२०५० साल जेष्ठ ३ गते दास ढुंगा दुर्घटना भयो र नेकपा एमालेका नेता मदन भण्डारी र जीव राज आश्रितको दुखद निधन हुन गयो र बुबा अमर लामा गम्भिर घाइते हुनु भएको र यसमा सिंगो देशले अमुल्य क्षति बोक्नु परेको बताउदैं त्यो दुर्घटनालाई हत्याको संज्ञा दिने व्यक्ति र समूह प्रति भने गहिरो खेद छ जुन उनिहरुले आफ्नो फाइदाको लागि बोलिरहेको लामाल दुःख व्यक्त गर्नुभयो ।
लामाले २०६० साल श्रावण १२ गतेका दिन किर्तिपुरमा अपहरण गरि लगेर बुबा अमर लामाको सुनियोजित हत्या गरिएको र छानबिन आयोग गठन गरियो द्वन्द्वकालमा अज्ञात समुहले हत्या गरेको निस्कर्ष निकालेको तर त्यो अज्ञात समूह को थियो त ? भन्ने अहिलेसम्म पत्ता नलागेको जानकारी दिनु भयो । लामाले आफ्नो परिवारले कुनै सहानुभूति नत राज्यबाट द्वन्द पिडित राहत नै पाएको जानकारी दिनुभयो ।
लामाले बुबा अमर लामाको हत्या पछि आफु र आफ्नो परिवारले के कस्तो अवस्था र परिस्थिथितिबाट गुज्रिनु पर्यो त्यो केवल आफु र आफ्नो परिवारलाई नै थाहा भएको बताउदैं बुबाको हत्या पछि आफुहरुको घर, जग्गा अनि बैंक ब्यालेन्स केहि नभएका कारण बुबाको हत्या पछि मेरो ५ बर्षको भाई र आमा ठुलो मामाको घरमा आश्रित हुनु परेको र आफु बुबाको दाजुको घरमा आश्रित हुनु परेको बताउनु भयो ।
२०७७ चैत्र २७ गते लामो समयबाट क्यान्सर रोगबाट ग्रसित मेरो आमाको निधन भए पनि वास्तबमा क्यान्सर रोगबाट आमाको मृत्युको जड भने बुबाको हत्याबाट एकल महिला हुनु परेको चोट रहेको जानकारी लामाले दिनुभयो ।
लामाले यहाँ स्वर्गीय बुबा अमर लामा र परिवार प्रति बारम्बार लागेको आरोप र देश विदेशमा रहनु भएका नेपालीलाई जुन गलत संदेश र झुठा समाचार प्रचार गर्ने कार्य भएको छ त्यसको खण्डन, सत्य तथ्यको जानकारी र मेरो परिवारको वास्तविकताको विषयमा चुप लगेर बस्नु असहय भएकोले बिज्ञप्ति जारी गरेको बताउद यस विषयमा सम्बन्धित निकाय र सरोकारवाला पक्षबाट यथासीघ्र छानबिन गरिनको लागि पनि म यसै बिज्ञप्ति मार्फत अनुरोध गर्नुभएको छ ।