नेजाका अध्यक्ष न्यौपानेसॅंग जिपि कोईराला फाउन्डेशन अमेरिकाको भेटघाट

-


     नेपालय न्युज    
     भाद्र १३ गते २०७८


न्युयोर्क, अमेरीका ।
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड न्युयोर्कमा नेपाल अमेरिका पत्रकार संघका (नेजा)का अध्यक्ष विकास राज न्यौपाने र यसै फाउन्डेशनका पदाधिकारी हरूवीच भेटघाट एवं समसामयिक विषयहरूमा विशेष छलफल भयो।यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले अध्यक्ष न्यौपानेलाई खादा पहिराई कार्यालयमा स्वागत गर्नुभएको थियो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा र ने.का. युवा नेता राजु रौनियार उपस्थित हुनुहुन्थो।

सो अवसरमा वोल्दै नेजा का अध्यक्ष न्यौपानेले आफु स्व. गिरिजाप्रसाद कोईरालाजस्तो युगपुरुषको नाममा स्थापित फाउन्डेशनको कार्यालयमा आई यस्का समाजसेवा र गतिविधिवारे साक्षात्कार हुन पाउँदा अत्यन्त हर्षित भएको, टेक्सासमा रहँदापनी फाउन्डेशनले गरेको जुम अन्तर्कृया मिटिंगको माध्यमवाट कोरोना कहरको समयमा वृहत छलफल गरेको र यस फाउन्डेशनले गरेका मानवीय कृयाकलाप हरूद्वारा अत्यन्त प्रभावित भएको वताउनुभयो।वहाँले हाल कोरोनाका कारण नेपालमा पत्रकारिता जगतमा परेको संकट वारे पनी समीक्षा गर्नुभयो र फाउण्डेशन सॅंग सहकार्य गर्दै नेजा लाई विभिन्न देशहरुका अन्तर्राष्ट्रिय पत्रकारहरु सॅंग जोडदै पुलको काम गर्न तयार रहेको भन्दै सबै पत्रकारहरुको हक हित र अधिकारका लागी कार्यहरु गर्ने, आवाजविहीन को लागी आवाज उठाउने र सत्य तथ्यमा रहेर पत्रकारिता गर्नु नै जगतको भलो हो भन्नु भयो।

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले बहाँलाई कार्यालयमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै नेजा का अध्यक्षलाई नेपालमा पत्रकारका समस्या, केरोनाका कारण पत्रकारितामा प्रभाव, खोप लगायत विषयमा आपसी सहयोग गर्न हातेमालो गर्दै अगाडी बढने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

उपाध्यक्ष सुवर्ण लामाले फाउन्डेशन सदा निस्पक्ष पत्रकारिताको वकालत गर्ने साझा संस्था भएकोले नेजा सो भुमीका रहनेमा विश्वास व्यक्त गर्नुभयो। ने.का. युवा नेता राजु रौनियारले अमेरीकामा पत्रकारहरूपनी यदाकदा आफ्नो पेशागत धर्म र मर्यादा वाहिरगई गलत समाचार लाई प्रश्रय दिँदा पत्रकारिताकै ईज्जत गएको जस्ता गम्भीर विषयप्रती नेजाको ध्यानाकर्षण गराउँदै आगामी दिनहरूमा नेजाले आफ्नो छवी उच्च वनाई राज्यको चौथो अंग भनीने पत्रकारजगत समग्र मुलुक र विश्वको आँखा वनिदिन अपिल गर्नुभयो।

गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टर परिवारले नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकास राज न्यौपाने लाई वहाँको कार्यकाल स्वर्णिम वन्न सकोस् भनी सुभेक्षा एवं शुभकामना प्रकट गर्दछ।

WP2Social Auto Publish Powered By : XYZScripts.com