कोरियाका परमाणु दूतले वाशिङ्टन भ्रमण गर्ने

-


     नेपालय न्युज    
     भाद्र ११ गते २०७८


दक्षिण कोरियाका परमाणु दूतले कोरियाली प्रायद्वीपका मुद्दामा छलफल गर्न यस सप्ताहन्तमा वाशिङ्टनको भ्रमण गर्ने भएका छन् ।

दक्षिण कोरियाली विदेश मन्त्रालयले शुक्रबार दिएको जानकारीअुनसार कोरियाली प्रायद्वीपमा शान्ति र सुरक्षा मामिलाका लागि दक्षिण कोरियाका विशेष प्रतिनिधि नोह क्यू–डुकले अमेरिकाको चार दिने भ्रमण गर्न लागेका हुन् । भ्रमणको क्रममा नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग परामर्श गर्ने जनाइएको छ । उनी अमेरिकी विशेष प्रतिनिधि सुङ किमको निमन्त्रणामा आइतबारदेखि बुधबारसम्म वाशिङ्गटनको यात्रामा निस्कन लागेका हुन् ।

विषेश प्रतिनिधि नोहले अमेरिकी विदेश विभाग र ह्वाइट हाउसका अधिकारीसँग घनिष्ठ परामर्श जारी राख्ने अपेक्षा गरिएको छ ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com