कांग्रेसद्वारा ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

-


     नेपालय न्युज    
     भाद्र ११ गते २०७८


नेपाली कांग्रेसले ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशन गरेको छ।

भदौ १० र ११ गते दुई चरणमा गरी ती जिल्लाका क्रियाशील सदस्यको नाम प्रकाशन गरेको निर्वाचन समिती समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिएका छन्।

क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न जिल्लाका क्रियाशील सदस्यको नामवली सार्वजनिक गरिएको समितिक संयोजक महादेव प्रसाद यादवले जानकारी दिनुभयो । नामावली पार्टीको वेबसाइटबाट हेर्न सकिने समितिले जनाएको छ ।

यादवका अनुसार सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको उनले जानकारी दिएका छन्।

कांग्रेसका नेतृत्व अझै पनि क्रियाशील सदस्य विवादमा रुमल्लिएर बस्दा केन्द्रीय निर्वाचन समितिले भने वडा तहको अधिवेशनको तयारीमा जुटिसकेको छ ।

भदौ १० गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
१. ताप्लेजुङ २. पाँचथर ३. इलाम ४. संखुवासभा ५. तेह्रथुम ६. खोटाङ ७. सोलुखुम्बु ८. ओखलढुंगा ९. उदयपुर १०. झापा ११. दोलखा १२. रामेछाप १३. सिन्धुली १४. भक्तपुर १५. गोरखा १६. लम्जुङ १७. तनहुँ १८. कास्की १९. मनाङ २०. मुस्ताङ २१. पर्वत २२. स्याङ्जा २३. म्याग्दी २४. नवलपुर (वर्दघाट सुस्तापूर्व) २५. नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) २६. रुपन्देही २७. पाल्पा २८. रुकुम (पूर्वी भाग) २९. रोल्पा ३०. रुकुम (पश्चिम भाग) ३१. जुम्ला ३२. मुगु ३३. हुम्ला ३४. बझाङ ३५. डोटी ३६. दार्चुला ३७. बैतडी ३८. कञ्चनपुर

भदौ ११ गते क्रियाशील सदस्यताको नामावली प्रकाशित गरिएका जिल्लाहरु
३९ धनकुटा ४०. भोजपुर ४१. गुल्मी ४२. प्यूठान ४३. दाङ ४४. सल्यान ४५. कालिकोट ४६. जाजरकोट ४७. दैलेख ४८. अछाम

WP2Social Auto Publish Powered By : XYZScripts.com