प्रयोग गरिसकेका भित्री वस्त्र, जिन्स बेच्छिन् यी राजकुमारी, खरिद गर्न मानिसबीच होडबाजी

-


     नेपालय न्युज    
     भाद्र १० गते २०७८


बेलायतकी राजकुमारी लेडी एमेलिया विन्डसर आफूले लगाएको भित्री वस्त्र र जिन्स बेच्ने गर्छिन् । राजकुमारीको कपडा खरिद गर्न मानिसबीच होडबाजी चल्ने गर्छ । एमेलिया राजगद्दीको दाबेदारमा ४२ औं स्थानमा आउँछिन् । आखिर यस्तो धनाढ्य परिवारकी राजकुमारीले आफ्नो कपडा किन बेच्छिन् भनेर मानिसहरु अचम्मित हुने गर्छन् ।

राजकुमारी लेडी एमेलिया विन्डसर २६ वर्ष पुगिसकेकी छिन् । उनी आफ्नो जन्मदिन मनाउने तयारीमा छिन् जसका कारण उनी चर्चामा आएकी छिन् ।

२६ वर्षकी एमेलिया राजकुमार ह्यारी र चार्ल्सकी कजन हुन् र उनी धेरैजसो आफ्नो सुन्दरताका कारण चर्चामा आउँछिन् । उनको इन्स्टाग्राम नियाल्दा स्पष्ट हुन्छ कि उनी निकै ग्ल्यामरस जीवन बाँच्छिन् ।

वेबसाइट द मिररको रिपोर्ट अनुसार राजकुमारी एमेलियाको सुरुवाती शिक्षा एस्कटको सेन्ट मेरी स्कूलबाट भयो, त्यसपछि उनले एडिनबर्ग विश्वविद्यालयमा भर्ना लिइन् । यद्यपि, सन् २०१६ मा राजकुमारीले चर्चित म्यागजिन टेटलरको कभरमा कब्जा जमाएपछि उनले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भइन् ।

राजकुमारी एमेलियाले पुरानो कपडा सेलमा राख्नुको पछाडिको उद्देश्य छुट्टै छ । वास्तवमा उनी धेरैजसो डिजाइनर कपडा लगाउँछिन् तर राजपरिवारका भएका कारण उनले आफ्नो पहिरनको विषयमा विशेष ध्यान राख्नुपर्छ ।

राजपरिवारको शानलाई ध्यानमा राख्दै उनी कपडा दोहोराएर लगाउँदिनन् जसका कारण उनीसँग कपडाको चाङ हुन्छ । यसै चाङलाई पन्छाउन उनी आफ्नो कपडा सेलमा राख्छिन् ।

यसै वर्षको सुरुवातमा राजकुमारी एमेलियाले डेपप वेबसाइटमा आफूले लगाएको पुरानो जिन्स र भित्री वस्त्र बेच्ने सुरुवात गरिन् । यद्यपि, उनले बिक्रिबाट आएको रकम उने रिवर गोरिल्ला फाउन्डेशनलाई दिने पनि बताएकी छिन् ।

राजकुमारीले सन् २०१८ मा त्यतिबेला चर्चा बटुलेकी थिइन् जब उनले आफूले राजकुमार ह्यारीको विवाहमा निमन्त्रण नपाएको बताएकी थिइन् । तर त्यसको अर्को वर्ष उनी लेडी गेब्रिएला विन्डसरको विवाहमा समावेश भइन् जहाँ उनी गुलाबी पोल्का डट ड्रेसमा निकै सुन्दर देखिएकी थिइन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com