एनआरएनए युवा समितिको उपाध्यक्षमा कास्कीका गुरुङको उम्मेदवारी घोषणा

-


     नेपालय न्युज    
     भाद्र ८ गते २०७८


नेदरल्याण्ड ।

युवा ब्यवसायी हिमाल गुरुङले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । करिब दुई दशकदेखि नेदरल्याण्डमा ब्यवसाय गर्दै आएका गुरुङले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा समिति उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सन् २०११ देखि एनआरएनएको बिभिन्न समितिमा रहेर काम गरेको अनुभव संगालेका गुरुङले अबको एनआरएनएको नेतृत्वमा युवा पुस्ता भन्ने नारा सहित उपाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । लामो समय संघको अभियानमा आवद्ध रहेका गुरुङ नेदरल्याण्ड समितिको सदस्य हुदै २०१५—१७ मा अध्यक्ष थिए ।

त्यस्तै २०१७—१९ मा एनआरएनए आईसीसी सदस्य थिए, उनि हाल वर्तमान कार्यसमितिमा युवा समिति कोर्डिनेटर पदमा कार्यरत छन् । संघका हरेक समिति, गतिविधी र अभियानहरुलाई कुशलतापूर्वक नेतृत्व गर्दै आएका गुरुङले विश्वभरका युवा एनआरएनए माँझ लोकप्रिय छवि बनाएका छन् ।

कास्की जिल्ला स्थित पोखरा महानगरपालिका २७ रिठ्ठेपानी स्थायी घर भएका उनले उम्मेद्वारी घोषणापछि गैरआवासीय नेपालीहरुको भूमिका अझ फराकिलो भएको हुनाले देश प्रति आफ्नो जिम्मेवारी र दायित्व बढेको प्रतिकृया दिएका छन् ।

हरेक विपदका साथै समस्या परेका बेला देश तथा विदेशमा रहेका नेपालीहरुलाई बिभिन्न रुपमा सहयोग समेत गर्दै आएका उनले आफूले बोलेको कुरा कुनै हालतमा पूरा गरेर देखाउने बताएका छन् ।

सरल स्वभावका गुरुङ संघको संस्थागत विकासमा परिपक्वता भएकाअभियान्ताका रूपमा परिचित छन् । बिश्वभर फैलिएको एनआरएनएको संस्थागत बिकास र संस्थाको मर्मसंगै भावना अनुरुप एकताआवश्यक रहेको भन्दै उनले आफ्नो कार्यकालमा युवा एवं दोश्रो पुस्तालाई नेपालप्रति समिप्यता, जिम्मेवारी र दायित्व बहन गर्दै अगाडी बढाउन जोड दिने बताए ।

WP2Social Auto Publish Powered By : XYZScripts.com