कृष्ण पोखरेलद्वारा क्षेत्रीय संयोजकमा  उम्मेदवारी

-


     नेपालय न्युज    
     भाद्र ५ गते २०७८



नेपालय न्युयोर्क

 एनआरएनए अमेरिकाज क्षेत्रको  क्षेत्रीय संयोजकको रूपमा कृष्ण पोखरेलले उम्मेदवारी दिने भएका छन् ।


  एनआरएनए अमेरिकाको अभियानमा विगतमा लामो समय देखी लागी परेका कृष्ण पोखरेल एनआरएन  अमेरिकाको महासचिव हुँदै वरिष्ठ उपाध्यक्ष सम्मको अनुभव लाई अब अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको रूपमा उम्मेदवारी दिएर पुन यो एनआरएनए अमेरिकाको अभियानमा लाग्नेका लागी आफूलाई अगाडी सारेका छन् ।


एनआरएनए अमेरिकाको अभियानमा लागी परेका कृष्ण पोखरेल एनआरएनको अभियान भन्दा पहिल  जनसम्पर्क समिति लगायत न्युयोर्कमा रहेको रिजुयुट नेपाली सोसाइटी लगायत विभिन्न संस्थाहरू सगं आबद्ध भएर काम गरेका थिए ।हाल नर्थ क्योरोलिनामा बसोबास गर्दे आएका कृष्ण पोखरेल  त्यहाँ रहेका नेपाली सघं संस्थाहरू लगायत अन्य सस्धामा पनि आबद्ध रहेका छन् ।एनआरएनए अमेरिकालाई थप उचाइमा लग्न र आइसिसी सगंको सम्बन्धलाई बलियो बनाउनको लागी आफ्नो यो उम्मेदवारी भएको बताएका छन् ् ।