अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते


     नेपालय न्युज,     
     भदौ ५ गते २०७८


अष्ट्रेलियामा जारी लकडाउनको विरोधमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनमा उत्रिएका सयौं अष्टे«लियन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । प्रदर्शनकारीले लकडाउनको नियम उलङ्घन गरेको भन्दै प्रहरीले उनीहरूलाई प्रदर्शनमा रोक लगाएको थियो । प्रहरीको आदेश अस्वीकार गर्नेलाई गिरफ्तार गरिएको छ ।

दैनिक संक्रमितको संख्या बढेसँगै अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बरसम्म लकडाउन लागू गर्ने निर्णय गरेको छ । यस क्षेत्रमा लामो समयदेखि लकडाउन हुँदै आएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै जाँदा सो क्षेत्रमा शुक्रबार रातिसम्म कोरोना संक्रमणबाट ८ सय २५ मानिस संक्रमित भएका छन् । तीन जनाको मृत्यु भएको छ । समुदाय स्तरमा फैलिएको संक्रमणले भयावह रूप लिनसक्ने चेतावनी विज्ञले दिएका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com