वाग्मती प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको शपथ

-


     नेपालय न्युज    
     भाद्र ४ गते २०७८


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त वाग्मती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवनमा शुक्रवार अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार उनले प्रदेश प्रमुख पदको शपथ लिएका हुन् ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत उपस्थित थिए । रासस

WP2Social Auto Publish Powered By : XYZScripts.com