न्युयोर्क अमेरीका,
गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरीका च्याप्टरको कार्यालय न्युयोर्क उडसाईडमा आज एक महत्वपूर्ण घेटघाट एवं छलफल सम्पन्न भयो। कोरोना कहरका बखतदेखी यसै फाउन्डेशनका गतिविधि एवं सामाजिक कृयाकलाप अत्यन्त नजिकवाट नियाल्दै यसबाट आफुसमेत प्रभावित भएको र कार्यालयमै आई छलफल गर्न उचित समयको पर्खाईमा रहनुभएकी संयुक्त राष्ट्रसंघको लागी अमेरिकाकी स्वास्थ्य राजदुत डा. सीमा कारेटनया(Sima Karetnaya) आज विशेष समय लिएर फाउन्डेशनको कार्यालयमा उपस्थित भै विविध छलफल गर्नुका साथै आवश्यक सल्लाह सुझाव समेत दिनुभयो।
वहाँलाई फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे,उपाध्यक्ष सुवर्ण लामा,कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी,कार्यसमिति सदस्य प्रेम क्षेत्री अधिकारी,कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्री लगायतको टोलीले खादा पहिराई स्वागत गरिएको थियो।सोही अवसरमा क्विन्सस्थित सिभिल कोर्टकी न्यायधीसकी प्रत्यासी एन्ड्रीया सविता ओग्ले, मानवाधिकारकर्मी एवं सामाजिक अभियान्ता तेन्जीन् छेयांग, नेपाली सामाजिक अभियान्ता एवं गायक डा महेशराज ठाकुर र संगीतकार न्हुच्छेमान डंगोलपनी उपस्थित हुनुहुन्थ्यो।
यस विशेष भेटघाटमा वोल्दै सम्माननीय राजदुत सीमा कारेटनयाले अहिलेको विशेष परिस्थितिमा कोरोनाकहरबाट विश्वलाई नै चुनौती भएको र संयुक्त राष्ट्रसंघले यस्को सामना गर्दै वैकल्पिक जीवनपद्दती अपनाउन र मानवजीवन सुरक्षित राख्न यथासंभव उपायहरू अबलम्बनका प्रयासगर्न स्वास्थ्य र शिक्षानितिमा फेरबदल गर्नुपर्ने बताउनुभयो।वहाँले कोरोनाजस्तै भाईरसले १८औं शताब्दीदेखीनै स्वरूप बदल्दै विश्वमा ठुलो हिस्सामा मानवजनको विनाश गरेको वताउँदै सावधानी र सतर्कता नपनाए स्थिति अझ भयावह हुने चेतावनी दिनुभयो।वहाँले जिपी कोईराला फाउन्डेशन अमेरीकाले गरेको मानवीय सहयोगको उच्च प्रशंसा गर्दै अमेरीकामा छरीएर रहेका अल्पसंख्यक नेपाली र सिंगो नेपालको सहयोगका लागी आफु तयार रहेको र उचीत समयमा संयुक्त राष्ट्रसंघको विशेष स्वास्थ्य विशेषज्ञको टोलीसहित नेपालको भ्रमणगर्न आफु ईच्छुक रहेको बताउनुभयो।
यसै अवसरमा वोल्दै क्विन्सस्थित सिभिल कोर्टकी भावी न्यायाधीश प्रत्यासी एन्ड्रिया सविता ओग्लेले आफु विभिन्न जातजाती,भाषा एवं संस्कृतीलाई उच्च सम्मान गर्दै समयको माग र आवश्यकता अनुसार न्यायीक सेवादिन लागीपरेको वताउनुभयो।लामो संघर्ष गर्दै आफु यसक्षेत्रमा आएको र आगामी दिनहरूमा आपसी सहयोगका साथ अगाडी बढन नेपाली समुदायलाई हार्दिक अपिल गर्नुभयो ।यसैगरी कार्यक्रममा आफ्नो धारणा राख्दै मानवाधिकारकर्मी एवं समाजसेवी तेंजीगं छेयांगले मानवीय सहयोग,सर्भसुलभ खोप एवं स्वास्थ्य सामाग्रीको उपलब्धतावारे सबैले सोच्न आग्रह गर्नुभयो ।समाजसेवी डा महेशराज ठाकुरले आफु राजदुतको सकारात्मक सोच र सहयोगी भावनासँग सहमत भएको र सबैले मिली आपसी सहयोगमा जुट्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा बोल्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले आफुहरूले यसै फाउन्डेशन मार्फत निरन्तर नेपाल र नेपाली एवं बिबिध समुदायलाई आईपर्ने स्वास्थ्य लगायतका मानवीय सहयोगमा लागीपरेको र भविष्यमा अझ सबैसँग हातेमालो गर्दै अगाडी बढीरहने विषयमा जोड दिनुभयो ।साथै वहाँले यहाँहरूजस्ता उच्च सामाजिक एवं प्रशासनिक व्यक्तिलाई सम्मान गर्दै आफ्ना धारणा राख्न पाउँदा प्रशन्नता व्यक्त गर्नुभयो। उपाध्यक्ष शुवर्ण लामा, सदस्यद्वय प्रेम अधिकारी क्षेत्री र धुर्व कुवॅंर क्षेत्रीले वहाँहरू दुवै जनाको बौद्धिक अनुभव र दक्षता सुन्न पाउॅंदा प्रसन्न भएको र धेरै कुराहरु हामीले सिक्ने मौका पाएको भन्दै वॅंहाहरु प्रती आभार प्रकट गर्नु भयो।
कार्यक्रमको अन्त्यमा प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले सम्माननीय स्वास्थ्य राजदुत एवं अब हुने न्यायाधीश र उपस्थित अतिथिलीई वहाँहरूको अमुल्य समय एवं सारगर्भित भनाई सुन्नपाउँदा अत्यन्त प्रशन्नता व्यक्त गर्दै हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।