बागमती प्रदेश प्रमुख प्रसाईंलाई हटाएर शर्मालाई नियुक्त गर्ने सरकारको निर्णय

-


     नेपालय न्युज    
     भाद्र ३ गते २०७८


सरकारले बागमती प्रदेश प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

विहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले विष्णुप्रसाद प्रसाईंलाई हटाएर नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको हो । 

शर्माले लामो समय नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव नेपालको स्वकीय सचिव रहेर काम गर्नुभएको थियो । 

यसअघि सरकारले गण्डकी, लुम्बिनी र प्रदेश नम्बर २ मा नयाँ प्रदेश प्रमुख नियुक्त गरिसकेको छ । 

शर्मा पछिल्लो समय एमालेमा विवाद चर्किँदा नेपाल समूहमा सक्रिय थिए। 

WP2Social Auto Publish Powered By : XYZScripts.com