अमेरिकामा कोरोना कारण एकै दिन एक हजारभन्दा धेरैको मृत्यु

-


     नेपालय न्युज    
     भाद्र २ गते २०७८


अमेरिकामा कोरोना संक्रमणका कारण एकैदिन एक हजारभन्दा धेरैको मृत्यु भएको छ

अन्तराष्ट्रिय संचार माध्यमका अनुसार खोप अभियान सुस्त गतिमा चलेका क्षेत्रमा डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको छ । अमेरिकामा पछिल्लो एक महिनायता निरन्तर कोरोनाबाट मृत्यु हुनेको संख्या बढिरहेको बीबीसीले जनाएको छ ।

यो अवधिमा औसतमा दैनिक ७६९ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको यो औसत अप्रिलको मध्ययताकै सबैभन्दा धेरै हो । मंगलबार अमेरिकाले विमान, रेल र बसमा मास्क अनिवार्य गर्ने नियमलाई थप लम्ब्याएको छ ।

अन्य मुलुकमा जस्तै अमेरिकामा पनि डेल्टा भेरियन्टसहितको संक्रमण प्रमुख चुनौती बनेको छ । पछिल्लो १२ दिनयता अमेरिकामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या पनि एक लाखभन्दा धेरै छ ।

यसैबीच, न्यूजिल्यान्डमा पनि कोरोनाको डेल्टा भेरिएन्ट पुष्टि भएको छ । एकजनामा भाइरस संक्रमण पुष्टि भएपछि मंगलबारदेखि देशव्यापी लकडाउन गरिएको न्यूजिल्यान्डमा पहिलोपटक डेल्टा पुष्टि भएको हो ।

बुधबार थप ६ जनामा संक्रमण पुष्टि भएको न्यूजिल्यान्डका अधिकारीले जनाएका छन् । एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com