अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय : ट्रम्प


     नेपालय न्युज,     
     भदौ २ गते २०७८


अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा जानु अमेरिकी इतिहासको सबैभन्दा गलत निर्णय भएको बताएका छन् ।

फक्स न्यूजका संवाददाता सौं हेनिटीलाई दिएको अन्तरवार्तामा ट्रम्पले भने, ‘अमेरिकी सेना संसारको सबैभन्दा शक्तिशाली सेना हो र जे भइरहेको छ त्यसका कारण हाम्रो बदनामी भइरहेको छ । मध्यपूर्वमा जाने निर्णय हाम्रो लागि अहिलेसम्मको सबैभन्दा खराब निर्णय थियो । यो निर्णयका कारण हाम्रो करोडौं डलर मात्रै नोक्सान भएन लाखौंको ज्यान पनि गयो ।’

‘हामीले मध्यपूर्वलाई ध्वस्त पारेका छौं । आज हामी पुनः त्यहि स्थानमा छौं जहाँ २०–२१ वर्ष अघि थियौं । हामीले यत्तिका वर्षसम्म जे जति निर्णय गर्यौं ती सबै बेकार भए । यस्तो लाग्छ कि हामीले बालुवाको दलदलमा खुट्टा राख्यौं र त्यहाँ फस्यौं ।’ एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com