कास्कीमा निषेधाज्ञा एक हप्ता थपियो, सवारी साधनमा जोर बिजोर प्रणाली लागु

-


     नेपालय न्युज    
     भाद्र २ गते २०७८


पोखरा, भदौ २ गते । कास्कीमा फेरी निषेधाज्ञा थप गरिएको छ । भदौ ३ गते राती १२ बजेबाट १० गते सम्म लागु हुने गरी केही कडाई गदै निषेधाज्ञा थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार साँझ निषेधाज्ञा सम्वन्धि आदेश जारी गदै नीजि तथा सार्वजनीक सवारी साधनहरुमा जोर विजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले सिमित कर्मचारी मार्पmत सेवा प्रवाह गर्नुपर्ने आदेशमा उल्ले गरिएको छ । कास्कीमा कोरोना संक्रमणको दर र मृत्यु बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई कडाई गरेको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय आधारमा संक्रामक रोग ऐन २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ बमोजिम कास्की जिल्लाभरी लागु हुने गरी निषेधाज्ञा थप गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जाकारी दिनुभयो ।

WP2Social Auto Publish Powered By : XYZScripts.com