अफगानिस्तानका राष्ट्रपति देश छाडेर ताजिकिस्तानतर्फ भागे

-


     नेपालय न्युज    
     श्रावण ३१ गते २०७८


अफगानिस्तानका राष्ट्रपति असरफ गानी देश छाडेर भागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

राष्ट्रपति गानी र उपराष्ट्रपति अमरुल्लाह सालेह ताजिकिस्तानतर्फ लागेको तोलो न्युजले जनाएको छ। त्यहाँबाट उनीहरु अर्को मुलुकतर्फ जाने बताइएको छ।


रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि यो खबरलाई पुष्टि गरेका छन्।
गानीका निकट सहयोगीहरुले देश छाडेका छन्।

यसअघि दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले राष्ट्रपतिले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलई सुम्पेको बताएका थिए।

WP2Social Auto Publish Powered By : XYZScripts.com