कांग्रेस गण्डकीको प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश

-


     नेपालय न्युज    
     श्रावण २८ गते २०७८


पोखरा- गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन्

दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा सचेतक गौतम नियुक्त भएकी हुन् ।

यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका हुन् । सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।

WP2Social Auto Publish Powered By : XYZScripts.com