
न्युयोर्क अमेरीका: गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड न्युयोर्कमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र यसै फाउन्डेशनका पदाधिकारी एवं विभिन्न पत्रकार महानुभावहरूवीच भेटघाट एवं समसामयिक विषयहरूमा विशेष छलफल भयो।
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले अध्यक्ष पोख्रेललाई खादा पहिराई कार्यालयमा स्वागत गर्नुभएको थियो। सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्य प्रेम अधिकारी क्षेत्री,वरिष्ठ पत्रकारद्वय दिवाकर वागचन्द एवं किरण मरहठ्ठा तथा युवा नेता राजु रौनियार एवं महिला नेतृ सविता सिंह सिलुवाल उपस्थित हुनुहुन्थो।
सो अवसरमा वोल्दै पत्रकार महासंघका अध्यक्ष पोख्रेलले आफु स्व. गिरिजाप्रसाद कोईरालाजस्तो युगपुरुषको नाममा स्थापित फाउन्डेशनको कार्यालयमा आई यस्का समाजसेवा र गतिविधिवारे साक्षात्कार हुन् पाउँदा अत्यन्त हर्षित भएको, नेपालमा रहँदापनी फाउन्डेशनले गरेको जुम अन्तर्कृया मिटिंगको माध्यमवाट कोरोना कहरको समयमा वृहत छलफल गरेको र यस फाउन्डेशनले गरेका मानवीय कृयाकलापहरू द्वारा अत्यन्त प्रभावित भएको वताउनुभयो।आफु नेपाल अमेरीका पत्रकारहरुको छाता संस्था(नेजा) को अधिवेशनमा प्रमुख अतिथि बनी अमेरीका आएको र सो अधिवे़शन सफलतापूर्वक सम्पन्न गरीसकेको र विभिन्न पत्रकारहरूलाई अमेरिकाको विभिन्न ठाउँमा पुगी भेटन पाउँदा खुशी लागेको वताउनुभयो।वहाँले हाल कोरोनाका कारण नेपालमा पत्रकारिता जगतमा परेको संकटवारेपनी समीक्षा गर्नुभयो।नेपालीमुलका अमेरीकी नागरिकलाई नेपाली नागरिकताको निरंन्तरताको विषय जायज भएको र यस्तो आवाज फाउन्डेशनजस्तो संस्थाको नेतृत्वमा नेपाल सरकार समक्ष पुर्याउन जोड दिनुभयो।

यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले बहाँलाई कार्यालयमा स्वागत गर्न पाउँदा खुशी व्यक्त गर्दै पत्रकार महासंघका अध्यक्षलाई नेपालमा पत्रकारका समस्या,केरोनाको पत्रकारितामा प्रभाव, खोप लगायत विषयमा आपसी सहयोग गर्न हातेमालो गर्दै अगाडी बढने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
उपाध्यक्ष सुवर्ण लामाले फाउन्डेशन सदा निस्पक्ष पत्रकारिताको वकालत गर्ने साझा संस्था भएकोले पत्रकार महासंघको सो भुमीका रहनेमा विश्वास व्यक्त गर्नुभयो।प्रवक्ता रामचन्द्र अधिकारीले अमेरीका रहेपनी आफुहरुले निरन्तर नेपाल नियालीरहेको,पत्रकारहरूपनी यदाकदा आफ्नो पेशागत धर्म र मर्यादा वाहिरगई गलत समाचार लाई प्रश्रय दिँदा समस्त महासंघकै ईज्जत गएको जस्ता गम्भीर विषयप्रती महासंघको ध्यानाकर्षण गराउँदै आगामी दिनहरूमा महासंघले आफ्नो छवी उच्च वनाई राज्यको चौथो अंग भनीने पत्रकारजगत समग्र मुलुकको आँखा वनिदिन अपिल गर्नुभयो। यसै फाउण्डेशनका कार्यसमिती सदस्य प्रेम अधिकारी क्षेत्रीले अध्यक्ष पोख्रेललाई कार्यकालको शुभकामना दिनु भयो
न्युयोर्कमा रही निरन्तर पत्रकारीतामा खटीईरहनुभएका पत्रकारद्वय किरण मरहठ्ठा र दिवाकर वागचन्दले आफुहरू सदा निष्ठाको पत्रकारितामा लागेको भन्दै वर्तमान पत्रकार महासंघसँग यस्का अध्यक्ष विपुल पोख्रेलको प्रतिष्ठा जोडीएको हुँदा वहाँको कार्यकाल स्वर्णिम वन्न सकोस् भनी सुभेक्षा एवं शुभकामना प्रकट गर्नुभयो।