कास्कीमा जारी निषेधाज्ञा भदाै ३ सम्म थप

-


     नेपालय न्युज    
     श्रावण २७ गते २०७८


कास्कीमा भदाै ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि साउन ३ गते जारी गरिएकाे निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएकाे प्रशासनले जानकारी दिएकाे छ ।

कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकाेले यसअघि साउन ३ गते जारी गरिएकाे निषेधाज्ञा आदेशलाई भदाै ३ गतेसम्म निरन्तरता दिएकाे जनाएकाे छ । यस अघि स्थिति अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि साउन २७ गतेसम्म थप गरिएकाे थियाे ।

निषेधाज्ञामा कास्की जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली हटाइएको छ भने लामो दुरीका सवारी साधन सम्बन्धित संघ सस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरि संचालन गर्न पाइनेछ ।

WP2Social Auto Publish Powered By : XYZScripts.com