
न्युयोर्क अमेरीका ।
गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय उडसाईड, क्वीन्स न्यूयोर्कमा आज एनआरएनए अमेरीकाका अध्यक्ष बुद्दी सागर सुवेदी,बरीष्ठ उपाध्यक्ष कृष्णजीवि पन्त, महासचिव अंजन चौलागाईं, ने.का. युवा नेता मुनिन्द्र नेम्वांग, समाजसेवी भरत थापा लगायतका विभीन्न महानुभावहरू र फाउन्डेशनका पदाधिकारीवीच विशेष भेटघाट एवं छलफल सम्पन्न भयो।
अध्यक्ष बुद्दि सागर सुवेदी लगायतका अतिथिहरूलाई यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे र पदाधिकारीहरूले खादा लगाई कार्यालयमा स्वागत गर्नुभएको थियो। सो भेटघाट कार्यक्रममा बोल्नुहुँदै एनआरएनए अमेरिकाका अध्यक्ष बुद्दि सागर सुवेदिले एनआरएनए अमेरीका सम्पुर्ण अमेरीकावासी नेपालीहरूको साझा संस्था हो र आगामी दिनहरूमा नेपालीहरूलाई आईपर्ने समस्याहरूको समाधानका लागी समुदायसँग हातेमाले गर्दै अगाडी बढ्ने विश्वास दिलाउनुभयो।वहाँले न्युयोर्क वा अन्य कुनै उपयुक्त स्थलमा एनआरएनए अमेरिकाको स्थाई कार्यालय भवन आफ्नै कार्यकालमा वनाउन आफु लागीपरेको विषयमा जोड दिनुभयो।त्यस्तै वरिष्ठ उपाध्यक्ष कृष्णजिवी पन्तले एनआरएन अमेरिकाको नवनिर्वाचित कार्यसमितिमा विभिन्न विचार र समुदायको प्रतिनिधित्व भएकोले सवैले मिलेर नेपाल र नेपालीका हकहितका लागी लागीपर्न अपील गर्नुभयो भने वहाँले आफु यस फाउन्डेशनका सामाजिक गतिविधिवाट प्रभावित भएको र आवश्यक सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्दै यसै फाउण्डेशको कार्यालयको २ महिनाको भाडा सहयोग गर्ने घोषणा गर्नु भयो।त्यसैगरी महासचिव अंजन चौलागाईंले आफु गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका लगायत विभीन्न नेपाली संस्थाहरूसँग हातेमालो गर्दै नेपालीजनको सेवामा लागीपर्ने वताउनुभयो।

गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेले फाउन्डेशन अमेरीका च्याप्टरले कोरोना कहरमा नेपाली लगायत अमेरीकावासी विभिन्न समुदायहरूलाई गरेको सहयोग दुनीयाले देखेको आफुहरू एक निःस्वार्थ टीम वनाई अमेरीकाको मुलधारका राजनितीज्ञसँग सहकार्य गर्दै सबै समस्याहरूको यथासक्य समाधान खोजी भविष्यमा वृहत योजनासहित अजै धेरै सामाजीक कार्यमा लागिपर्ने वताउनुभयो। उपाध्यक्ष सुवर्ण लामाले गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकता नै आजको आवश्यकता भएको प्रष्ट पार्नुभयो।यसैगरी महासचिव छिरिंग राप्के लामाले एनआरएनए को नयाँ कार्यसमिति समक्ष विभिन्न चुनौती र अवसर भएको र सोको फाईदा उठाई अगाडी बढन सुझाव दिनुभयो।प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारीले यो कार्यसमितिले नमुना काम गरेर देखाउन सुझाव दिनुभयो ।यसैगरी कार्यसमिति सदस्य प्रेम अधिकारी क्षेत्रीले एनआरएनए प्रती सबैको आस्था र विश्वास रहने वातावरण वनाउन अनुरोध गर्नुभयो। कार्यसमिति सदस्य ध्रुव क्षेत्री कुँवरले नेपाली समुदायको छाता संस्था एनआरएनए अमेरीका सबैको विस्वासको केन्द्र हुनसकोस् भनी सुभेच्छा प्रकट गर्नुभयो। यसैगरी कार्यसमिति सदस्य चुन्डी शेर्पा र युवा नेता राजु रौनीयारले वहाँहरूको सफल कार्यकालको शुभकामना दिनुभयो ।