किमको टाउकोमा देखियो यस्तो दाग

-


     नेपालय न्युज    
     श्रावण २१ गते २०७८


उत्तर कोरियाले आफ्नो देशभित्रका धेरै कुराहरु गोप्य राख्छ । यहाँका सर्वोच्च नेता किम जोङ उन आफैंमा रहस्यमयी छन् । त्यहीकारण, उनको स्वास्थलाई लिएर पनि अनेक अड्कल भइरहन्छ । केही दिनअघि सार्वजनिक भएको तस्विरमा किम निकै कमजोर देखिएका थिए र उनको वजन कमजोर भएको दाबी समाचारहरुमा गरियो । उनका पछिल्ला तस्बिरहरु फेरि चर्चामा छन् ।

एनके न्युजले किमका नयाँ तस्बिरहरु सार्वजनिक गरेको छ । जहाँ, किमको टाउकोमा एउटा दाग देखिएको छ । यो दाग के हो ? र, कसरी यस्तो भयो भन्ने खुलेको छैन । केही तस्बिरहरुमा यो दागलाई ब्यान्डेजले ढाकिएको देख्न सकिन्छ ।
यो निशान चोटको हो या अन्य केही हो, तस्बिरबाटै पुष्टि गर्न सकिने अवस्था छैन । रिपोर्टअनुसार २४ देखि २७ जुलाईसम्म आयोजित एक सैनिक इभेन्टका दौरान यो फोटो लिइएको हो । आमरुपमा किमको स्वास्थबारे उत्तर कोरियामा कुनै चर्चा हुँदैन र यससँग जोडिएका जानकारी पनि गोप्य रहन्छन् । तर अहिले उनको वजनलाई लिएर पनि चिन्ता गर्न थालिएको छ ।

कोरियन पिपुल्स आर्मीका कमाण्डर र पुलिस अफिसरको वर्कशपमा किम पनि देखिएका थिए, जहाँ उनी पहिलेको दाँजोमा निकै पातलो देखिन्थे । यही कारण उनी बिरामी भएको अनुमान कतिपय सञ्चारमाध्यमले गरेका छन् ।एजेन्सी

WP2Social Auto Publish Powered By : XYZScripts.com